PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

विष्णु माझीको 'चरी जेलैमा' गीतको कट्यो एक करोड भ्युज, राख्यो नयाँ रेकर्ड



पहिलोपोस्ट

विष्णु माझीको 'चरी जेलैमा' गीतको कट्यो एक करोड भ्युज, राख्यो नयाँ रेकर्ड

काठमाडौं : लोकदोहोरी गायिका विष्णु माझीको तीज गीत 'चरी जेलैमा' मा ले छोटो समयमा नै एक करोडभन्दा बढी भ्युज बटुल्न सफल भएको छ।

समाचार तयार पार्दासम्म गीत रिलिज भएको १४ औँ दिन (बुधवार) सम्म आइपुग्दा युट्युवमा १ करोड ११ लाख ३४ हजार भन्दा धेरै हेरिएको छ।

बिहे गरेर गएकी छोरीले माइती सम्झेर विष्णुले गाएको गीतमा महिलाको वेदना पोखिएको छ। 'पुतलीको भट्टी भाग-१७ चरी जेलैमा’ मा विष्णुकै श्रीमान् सुन्दरमणी अधिकारीको शब्द तथा संगीत छ।

युट्युबमा हेरिएका गीतमध्ये छोटो समयमा नै एक करोड भ्यूज पाउने गीतमा ‘चरी जेलैमा’ले नयाँ रेकर्ड कायम समेत गरेको छ। यसअघि प्रकाश सपूतको ‘कुरा बुझ्न पर्च’ र अस्मिता अधिकारीको ‘टाढा भएपनि’ले सबैभन्दा छोटो समय (१५ दिनमा) एक करोड भ्युज पाएका थिए।

यसका साथै विष्णु माझीले एउटा तीज गीतको धेरै भाग ल्याउने गायिकाको रुपमा समेत रेकर्ड राख्न सफल भएकी छिन्। साथै यसअघि पनि उनले गाएका 'सालको पात टपरी', 'लालुमै', 'बोकेझार', ‘छिप–छिपे पानीमा लेउ’ र 'पीँडालु' ले पनि करौडौं भ्युज पाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell