PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

नेपाल भर्सेस भारत : फुटबल हेर्न रंगशालमा ५१ सय दर्शकले प्रवेश पाउने, यी शर्त पूरा गरेमात्रै पाउनेछन् इन्ट्री



पहिलोपोस्ट

नेपाल भर्सेस भारत : फुटबल हेर्न रंगशालमा ५१ सय दर्शकले प्रवेश पाउने, यी शर्त पूरा गरेमात्रै पाउनेछन् इन्ट्री

काठमाडौं: भोली र आइतवार हुन लागेको नेपाल भर्सेस भारतको फुटबल म्याच दर्शकले रंगशाला भित्र गएर हेर्न पाउने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले दर्शकलाई स्वास्थ्य मापदण्ड पुरा गरेर खेल हेर्न दिन अनुमति दिएको हो।

५ हजार १ सय दर्शकलाई दशरथ रंगशालामा हेर्न जाने प्रशासनले अनुमति दिएको नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए। यसरी दशरथ रंगशाला खेल हेर्न जाने दर्शकले अनिवार्य रुपमा कोरोनाको पीसीआर परिक्षण अथवा कोरोना विरुद्धको पूर्ण खोप लगाइसकेको हुनुपर्नेछ।

काठमाडौं उपत्यका लगायत देशभर कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी राखेको छ। यो समयमा २५ जनाभन्दा बढी भेला हुन, सभा समारोह नगर्न अपिल गरिएको छ।

कोभिड १९ महामारीका कारण पछिल्लो समय खेलहरू बन्द रङ्गशालामा भएका थिए। यसअघि नेपाल सुपर लिग (एनएसएल) बन्द रङ्गशालामा भएको थियो भने त्यसअघि नेपाल, नेदरल्याण्डस र मलेसियाबिचको त्रिदेशीय क्रिकेट सिरिजका पछिल्ला खेलहरू पनि बन्द रङ्गशालामै सम्पन्न भएको थियो।

नेपाल र भारत दुवै साफ च्याम्पियनसिप र एसियन कप क्वालिफायर्सको तयारीमा छन्। प्रतिस्पर्धाका लागि भारतीय टोली सोमवार नेपाल आइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell