PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

प्रदेश १ मा ८ जनाले एमाले त्याग्दै रोजे माधव नेपालको पार्टी



पहिलोपोस्ट

प्रदेश १ मा ८ जनाले एमाले त्याग्दै रोजे माधव नेपालको पार्टी

काठमाडौं : प्रदेश नम्बर १ का ८ जना नेकपा एमालेका प्रदेश सभा सदस्यहरुले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गराएका छन्। बुधवार प्रदेश निर्वाचन कार्यालयमा पुगरे ८ जनाले नेकपा (एस)मा सनाखत गरेका हुन्।

राजेन्द्र कुमार राई, राजन राई, सावित्रा रेग्मी, गणेश कुमार काम्बाङ, खिनुकुमारी लङ्बा, सरिता थापा, पदमाकुमारी गुरुङ, सुनिता चौधरीले एकीकृत समाजवादी रोजेका हुन्। उपेन्द्र घिमिरे र कृष्ण कुमारी राईले पनि नेकपा (एस) रोज्ने बताइएको छ। उनीहरुले भने सनाखत गराउन बांकी छ।

वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले विभाजन गर्दै नेकपा एकीकृत समाजवादी दर्ता गराएका थिए। निर्वाचन आयोगले नेपालले दर्ता गरेको पार्टीलाई मान्यता दिदै एमालेका जनप्रतिनिधिलाई भदौ २२ गते सम्म पार्टी रोज्न समय दिएको छ। नेकपा (एमाले)ले सर्कुलर जारी गर्दै नेता नेपालको पार्टीमा नजान आग्रह गरेको भए पनि प्रदेश सभा सदस्यहरुले नेकपा (एस) रोज्न थालेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell