PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

नेपालसँगको खेल सँधै 'टफ' हुन्छ: भारतीय कप्तान क्षेत्री, विपक्षीको विश्लेषण गरेका छौं: प्रशिक्षक स्टिमाक



पहिलोपोस्ट

नेपालसँगको खेल सँधै 'टफ' हुन्छ: भारतीय कप्तान क्षेत्री, विपक्षीको विश्लेषण गरेका छौं: प्रशिक्षक स्टिमाक

काठमाडौं: नेपाल र भारतीय फुटबल टोली बीचको मैत्रीपूर्ण खेलको पूर्वसन्ध्यामा भारतीय कप्तान सुनिल क्षेत्रीले नेपालसँगको प्रतिस्पर्धा सँधै कठिन हुने गरेको बताएका छन्।

उनले एएएसी कप क्वालिफायर्समा त्रिभुवन आर्मी क्लबसँगको खेललाई स्मरण गर्दे पछिल्लो समय नेपालमा युवा खेलाडीहरु उत्कृष्ट प्रदर्शन गर्दै आएको प्रतिक्रिया दिए।

'मैले खेलेका धेरै खेलाडीहरु अहिले टिममा छैनन्। नेपालसँग घरेलु मैदानमा खेल्न कठिन हुनेछ,' क्षेत्रीले भने।

त्यस्तै भारतीय टोलीका प्रशिक्षक इगोर स्टिमाकले साफको तयारीको रुपमा लिएको बताए। उनले आफ्नो तयारीलाई लिएर सबै कुराहरु आदर्श नभएको प्रतिकृया दिए।

'उनीहरु राम्रो अवस्थामा छन्। नेपालसँग खेल्न सहज हुनेछैन,' स्टिमाकले भने, 'हामीले प्रतिस्पर्धी टिमको विश्लेषणा गरेका छौं। मेरो समकक्षीले धेरै मेहेनत गरेका छन्। युवा खेलाडीले अवसर पाएका छन्।'

कप्तान क्षेत्रीले कोभिडको १९ को महामारीका बीच पनि न्यानो स्वागत गरेको भन्दै एन्फालाई धन्यवाद दिए।नेपाल र भारतबीचको दुई खेलको सिरिज भोलि र आइतवार दशरथ रंगशालामा हुँदैछ।

५ हजार १ सय दर्शकलाई दशरथ रंगशालामा हेर्न जाने प्रशासनले अनुमति दिएको नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए। यसरी दशरथ रंगशाला खेल हेर्न जाने दर्शकले अनिवार्य रुपमा कोरोनाको पीसीआर परिक्षण अथवा कोरोना विरुद्धको पूर्ण खोप लगाइसकेको हुनुपर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell