काठमाडौं : नेकपा एमालेबाट कर्णाली प्रदेशसभामा निर्वाचित ३ जना सांसदले नेकपा एकीकृत समाजवादीमा सनाखत गराएका छन्। प्रदेश निर्वाचन कार्यालयमा पुगेर उनीहरुले माधवकुमार नेपालको पार्टीमा सनाखत गराएका हुन्।
देवी ओली, चन्द्रबहादुर शाही र पद्म बहादुर रोकायाले एमाले त्याग्दै नेकपा एकीकृत समाजवादीमा सनाखत गराएका हुन्।
वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले विभाजन गर्दै नेकपा एकीकृत समाजवादी दर्ता गराए पछि निर्वाचन आयोगले एमालेका जनप्रतिनिधिलाई भदौ २२ गते सम्म पार्टी रोज्न समय दिएको छ। नेकपा (एमाले)ले सर्कुलर जारी गर्दै नेता नेपालको पार्टीमा नजान आग्रह गरेको भए पनि प्रदेश सभा सदस्यहरुले नेकपा (एस) रोज्न थालेका छन्।