PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

भारतीय फुटबल कप्तान सुनिल क्षेत्रीले भने : आमा र नेपाली मामाबाट फुटबल सिकेको हुँ



पहिलोपोस्ट

भारतीय फुटबल कप्तान सुनिल क्षेत्रीले भने : आमा र नेपाली मामाबाट फुटबल सिकेको हुँ

काठमाडौं : नेपाल र भारतबिच भोलि मैत्रीपूर्ण सिरिजको पहिलो खेल हुँदैछ। भारतीय टोली नेपाल आएर अभ्यासरत् छ। भारतीय टोलीमा खासगरी नेपाली समर्थकको चासोमा छन् कप्तान सुनिल क्षेत्री।

क्षेत्री नेपालविरुद्ध सबै भन्दा धेरै गोल गर्ने भारतीय खेलाडी पनि हुन्। उनले नेपालविरुद्ध ८ खेल खेल्दै ५ गोल गरेका छ्न्। उनी पछि नेपालविरुद्ध धेरै गोल गर्ने भारतीय खेलाडीमा आइएम विजयन र कार्लटोन चाम्पम्यान रहेका छन्। उनीहरु दुवैले नेपालविरुद्ध समान ३/३ गोल गरेका थिए।

सुनिल क्षेत्री नेपाल आउँदै गर्दा विमानस्थलमै आफ्नो हजुबुवा हजुरआमाको देशमा खेल्न पाउँदा खुशी लागेको बताएका थिए।

'नेपालमा खेल्न पाउँदा मलाई निकै खुसी लाग्छ। एउटै भाषा छ। हजूरबा, हजूरआमा यहीबाट हुनुहुन्थ्यो। ममी पनि यहीबाट हुनुहुन्छ। यस्तो अवस्थामा पनि सबैजना सुरक्षित हुनुहुन्छ। सबै नेपालीलाई सुरक्षित भएर बस्न आग्रह गर्छु।' क्षेत्रीले भनेका थिए।

नेपाल भारतबिचको खेलको पूर्वसन्ध्यामा क्षेत्रीले आफूलाई राम्रो नेपाली बोल्न नआउने भए पनि सबै बुझ्ने बताए।

'सरी भन्न चाहन्छु मलाई नेपाली राम्ररी बोल्न आउँदैन। ममी नेपालबाटै हुनुहुन्छ। ड्याडी पनि यतैबाट हुनुहुन्छ। ड्याडी भारतीय आर्मीमा हुनुहुन्छ। त्यसैले पनि नेपालप्रति मेरो सफ्ट कर्नर छ,' भारतीय कप्तान क्षेत्रीले भने, 'मेरो परिवारहरु अझै यतै हुनुहुन्छ। म्याचहरु सकिएपछि केहीलाई भेट्न पनि चाहनेछु। मामामाइजुसँग भेट्न चाहन्छु।'

उनले अगाडि भने: मेरो मम्मी ड्याडी फुटबल खेल्नुहुन्थ्यो। ड्याड प्रायजसो बाहिरै हुने हुँदै मैले ममीबाट फुटबल सिकेको हुँ।

त्यसबाहेक पनि आफ्ना मामाहरु पनि फुटबल पृष्ठभूमि रहेकाले फुटबलमा लाग्न सहज भएको क्षेत्रीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell