PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

विद्यालयबाहेक सबै क्षेत्रबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा हट्यो



पहिलोपोस्ट

विद्यालयबाहेक सबै क्षेत्रबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा हट्यो

काठमाडौं : काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा शैक्षिक संस्था बाहेक अन्य क्षेत्रबाट हटेको छ। भिडभाड हुने सभासम्मेलन, जुलुस लगायतका गतिविधि सञ्चालन नगर्न पनि काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।

काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले विद्यालयबाहेक अन्य क्षेत्रबाट निषेधाज्ञा हटाउने निर्णय गरेको छ।

'निषेधाज्ञा भन्ने शब्द हटाएका छौं। अब बाँकी क्षेत्र स्वास्थ्य मापदण्ड पालना गरेर संचालन गर्न पाउनेछन्,' काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीले भने।

काठमाडौं उपत्यका लगायत देशभर कोरोना सङ्क्रमण बढ्दै गएपछि उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell