काठमाडौं : चिनियाँ विद्यार्थीहरु नयाँ सेमेस्टरका लागि सेप्टेम्वर १ देखि विद्यालय तथा विश्वविद्यालय फर्किँदै छन्। अब नयाँ सेमेस्टरमा पुगेका विद्यार्थीहरुले चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का महासचिव सि चिनफिङ विचारधाराको विषयमा पाठ्यक्रममा समावेश सामाग्री अनिवार्य पढ्नुपर्ने छ।
बुधवार देखि लागु हुने गरी गरिएको पाठ्यक्रम संशोधनमा प्राथमिकत तहदेखि उच्च शिक्षासम्म सी विचारधाराको बारेमा जानकारी राखिएको छ।
‘युवा मनमा प्राथमिक तहका शिक्षकहरुले अनिवार्य रुपमा पार्टी देश र सामाजवाद प्रतिको मायाको विजारोपण गर्नुपर्छ,’ त्यहाँको शिक्षा मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ।
विद्यालयको नयाँ पाठ्यक्रममा राष्ट्रपति सी का वाणीहरुका साथै उनको मुस्कानसहितको तस्बिर प्रकाशित गरिएको छ। साथै गरिवी निवारण तथा कोभिड-१९ विरुद्धको लडाइमा चिनियाँ कम्युनिस्ट पार्टीको भूमिकालाई पनि पाठ्यक्रममा समावेश गरिएको छ।
‘हजुरबा सी चिनफिङ काममा अत्यन्त ब्यस्त हुनुहुन्छ। तर, जति व्यस्त भए पनि केही छैन्। उहाँ अझै पनि हाम्रा गतिविधिहरुमा सहभागी हुनुहुन्छ र हाम्रो वृद्धि विकासलाई ख्याल गरिरहनुहुन्छ,’ प्राथमिक तहको एक पाठ्यपुस्तकमा रहेको सामाग्रीलाई अलजजिराले उल्लेख गरेको छ।
त्यहाँको शिक्षा मन्त्रालयले शैक्षिक प्रणालीसँगै परीक्षा प्रणालीमा समेत सुधारको घोषणा गरेको छ। प्रवेश परीक्षा बाहेक प्राथमिक तहमा अन्य परीक्षालाई सुधार गर्दै सहज बनाउँदै लैजाने घोषणा गरेको छ। परीक्षालाई वैज्ञानिक पद्धतिमा सञ्चालन गर्न भनिएको छ।
त्यस्तै, परीक्षाहरु पनि घटाइएका छन्। प्रथम र द्वितीय तहमा परीक्षा हटाइएको छ। त्यहाँ अब लिखितरुपमा लिइने परीक्षा लिइने छैन।
बाँकी कक्षा तथा तहमा विद्यालयले प्रत्येक सेमेस्टरमा अन्तिम परीक्षा लिइने छ। त्यस्तै, स्थानीयस्तरमा आयोजना हुने प्राथमिक तहका परीक्षा लिन बन्द गर्नसमेत निर्देशन दिएको छ। त्यस्तै, विद्यालयहरुलाई साप्ताहिक, मासिक परीक्षा सहितका अन्य परीक्षा नलिने भनेको छ। यस्तो परीक्षालाई प्राज्ञिक अनुसन्धान वा अन्य त्यस्तै प्रकारमा आयोजना गर्न भनिएको छ।
यसैबिच चिनियाँ राष्ट्रपति सी ले विभिन्न समयमा युवा चिनियाँहरुको महत्त्वपूर्ण भूमिका रहेको भन्दै कडा मिहेनतका साथ समग्र विकासमा ध्यान दिन आग्रह गरेको सिन्ह्वाले जनाएको छ।
.jpg)
