PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

फिल्म सुटिङको लागि अमिताभ बच्चन नेपाल आउने



पहिलोपोस्ट

फिल्म सुटिङको लागि अमिताभ बच्चन नेपाल आउने

बलिउड अभिनेता अमिताभ बच्चन फिल्म छायाङ्‍कनको लागि नेपाल आउने भएका छन्। उनका साथमा अनुपम खेर, बोमन इरानी र नीना गुप्ता समेत आउँदो अक्टोबर मा नेपाल आउने पिकंभिल्लाले उल्लेख गरेको छ।

सुरज वर्जत्यले निर्देशन गर्ने फिल्म ‘उचार्ई’ छायाङ्कनका लागि उनीहरु नेपाल आउन लागेको बताइएको छ। सुटिङको लागि फिल्म युनिट एक महीना नेपालमा रहनेछन्।

मित्रताको कथा प्रस्तुत गर्ने फिल्मको सम्पूर्ण छायाङ्कन र पोस्टप्रोडक्सन २०२२ जनवरीमा सक्ने योजना रहेको छ।

यो फिल्ममार्फत सुरज र अमिताभले पहिलोपटक सहकार्य गर्न लागेका हुन्। अर्को वर्ष देखि नै फिल्मलाई हलमै रिलिज गर्ने योजना फिल्म टिमको रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell