PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

प्रदेश १ का मुख्यमन्त्री आचार्यले राजीनामा नदिने, भने : विश्वासको मत लिन्छु, संसद् फेस गर्छु



पहिलोपोस्ट

प्रदेश १ का मुख्यमन्त्री आचार्यले राजीनामा नदिने, भने : विश्वासको मत लिन्छु, संसद् फेस गर्छु

विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आफूले पदबाट राजीनामा नदिने बताएका छन्। आफ्नै कार्यकक्षमा स्थानीय संवाददातासँग कुराकानी गर्दै मुख्यमन्त्री आचार्यले अल्पमतमा परेपनि राजीनामा नदिने अडान अघि सारेका हुन्।

प्रदेश नम्बर १ मा नेकपा एकीकृत समाजवादीमा गएका राजेन्द्र राई लगायतका सांसद्ले मुख्यमन्त्री आचार्यको राजीनामा मागिरहेका बेला उनको यस्तो प्रतिक्रिया आएको हो।

‘म संविधानअनुसार मुख्यमन्त्री भएको हुँ। त्यसैले संवैधानिक प्रावधान अनुसार चल्छु’, आचार्यले भने, ‘संविधानमा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ। जसअनुसार म विश्वासको मत फेस गर्छु, राजीनामा दिन्न।’

उनले संसद्ले गरेको निर्णय आफूलाई स्वीकार्य हुने र संसद नै फेस गर्ने दोहोर्‍याए। उनले संसदमा आफूले विश्वासको मत प्राप्त गर्ने विश्वास जाहेर समेत गरे।

आचार्यले भने, ‘म काम गर्ने मान्छे हुँ। त्यसैले काम चाहने साथीहरूले मलाई भोट दिनुहुन्छ भन्ने विश्वास छ।’

उनले आफ्नो पार्टी छाडेर एकीकृत समाजवादीमा सनाखत गर्ने गएका १० सांसद्का बारेमा जानकारी नभएको प्रतिक्रिया दिए। एकीकृत समाजवादीमा १० सांसद् गएपछि आचार्य अल्पमतमा परेका छन्।

मुख्यमन्त्री आचार्य यसअघि एमालेमा माधवकुमार नेपालको गुटमा हुँदा तेस्रो धारमा थिए। तेस्रो धार ओली पक्षमा समाहित भएसँगै उनी पनि त्यहीँ गए। यसपछि भदौ १० गते प्रदेश १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईले आफ्ना पदबाट राजीनामा दिएर आचार्यलाई बनाएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell