PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

थपिए २०५२ कोरोना संक्रमित, २ लाख ९३ हजार बढीले लगाए खोप



पहिलोपोस्ट

थपिए २०५२ कोरोना संक्रमित, २ लाख ९३ हजार बढीले लगाए खोप

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ हजार भन्दा बढीमा कोभिड १९ संक्रमण देखिएको छ। १४ हजार ९३५ जनाको परीक्षण गर्दा २ हजार ५२ जनामा संक्रमण देखिएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ३० जना संक्रमण मुक्त भएका छन्। हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या ३४ हजार १८९ पुगेको छ।

यस्तै, संक्रमणका कारण थप २० जनाको मृत्यु भएको छ। हालसम्म देशभर संक्रमणका कारण १० हजार ७७० जनाको मृत्यु भइसकेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ९३ हजार १५१ जनाले खोप लगाएका छन्। हालसम्म ५४ लाख ४२ हजार ८३६ जनाले खोपको पहिलो मात्रा र ४६ लाख ६७ हजार ३२८ जनाले खोपको पहिलो मात्रा लगाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell