PahiloPost

Oct 10, 2025 | २४ असोज २०८२

दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु, चालक घाइते



पूजा पन्थी

दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु, चालक घाइते

बुटवल : दाङको सिस्नेखोलाले बगाउँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। घोराहीको गोग्लीबाट घोराहीतर्फ आउँदै गरेको प्र.३.०१.०२४ च ४४४० नम्बरको गाडी सिस्नेखोलाले बगाउँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

कार गएराति १० बजेतिर बगाएको बताइएको छ। कारका चालक घाइते छन्। गाडीमा सवार घोराही १३ बस्ने ४० वर्षीया रितामाया पुन, घोराही १३ बस्ने अन्दाजी ३२ वर्षीया सुसिला श्रेष्ठ, घोराही १४ का अन्दाजी ३१ वर्षीया राधा कुंवर र सोही वडाकी ४२ वर्षीया बिमला केसीको घटनामा परी मृत्यु भएको डिएसपी रिजालले बताए।

घाइते चालक घोराही १३ बस्ने ४३ वर्षीय नरबहादुर पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भई रहेको प्रहरीले जनाएको छ। गाडीसहित दुई जनाको शव गएराती नै भेटिएको हो भने दुई जनाको बिहान फेला परेको डिएसपी रिजालले जानकारी दिए। घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell