PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

भारतमा थपिए ४७ हजार कोरोना संक्रमित, केरलामा मात्रै ३२ हजारभन्दा बढीमा देखियो संक्रमण



पहिलोपोस्ट

भारतमा थपिए ४७ हजार कोरोना संक्रमित, केरलामा मात्रै ३२ हजारभन्दा बढीमा देखियो संक्रमण
Photo : Getty Images

भारतमा पछिल्लो २४ घण्टामा ४७ हजार ९२ जनामा कोभिड १९ संक्रमण देखिएको छ। केरलामा मात्रै ३२ हजार ८०३ जनामा संक्रमण देखिएको हो। पछिल्लो समय भारतमा संक्रमण दर ह्वात्तै बढेको छ। दोस्रो लहर नियन्त्रण गर्न सफल केरलामा अहिले भने संक्रमण नियन्त्रण बाहिर गएको हो।

यस्तै, ३५ हजार १८१ जना संक्रमण मुक्त भएका छन्। हाल भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ८९ हजार ५८३ पुगेको छ। संक्रमण दर बढेसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको हो।।

संक्रमणका कारण थप ५०९ जनाको मृत्यु भएको छ। केरलामा मात्रै १७३ जनाको मृत्यु भएको छ। भारतमा संक्रमणका कारण हालसम्म ४ लाख ३९ हजार ५२९ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा ८१ लाख ९ हजार २४४ जनाले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन्। हाल ६६ करोड ३० लाख ३७ हजार ३३४ जनाले खोप लगाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell