PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

पोखराको नदिपुरमा जमिन भासियो, तीन घर जोखिममा



पहिलोपोस्ट

पोखराको नदिपुरमा जमिन भासियो, तीन घर जोखिममा
फोटो सौजन्य : दिपेन्द्र श्रेष्ठ

पोखरा : बुधबार साँझदेखी परेको अविरल वर्षाले पोखरा-३ नदिपुरमा जमिन भासिएको छ। जमिन भासिदा तीन वटा घरमा क्षति पुगेको छ।

प्रहरीका अनुसार स्थानीय देउ बहादुर पुन, छवि बहादुर पुन र बल बहादुर पुनको घरमा क्षति पुगेको हो। यस्तै सडकको बिचसम्म जमिन चर्किएको छ।

पोखरा-३ का वडाध्यक्ष रबिन्द्रबहादुर प्रजुले थप क्षति हुन नदिन सबै वैकल्पिक उपाय अपनाउने बताएका छन्। भत्किएका घर र चर्किएको बाटो बनाउन वडा र महानगरपालिकाको तर्फबाट पहल गर्ने प्रतिवद्धता उनले व्यक्त गरेका छन्।

गतसाता मात्रै अविरल वर्षापछि पोखराको महेन्द्रपुलमा जमिन भासिएको थियो। त्यसको दुईदिन पछि पोखरा जरेवरमा जमिन भासिएको थियो।

समयसमयमा पोखराको जमिन भासिरहने प्राकृतिक समस्या वर्षातको समयमा बढी हुन्छ। कमजोर पोखराको जमिन र अव्यवस्थित ढलले यस्ता समस्यालाई थप निम्त्याइरहेको जानकार बताउँछन्।

भुगर्भविद्हरुले यसअघि नै पोखराको अर्मला, विन्ध्यवासिनी, नदीपुर, महेन्द्रपुल, मालेपाटन, छोरेपाटन, सिमलचौर, सितापाईला लगायतका क्षेत्रको जमिन कमजोर रहेको बताउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell