PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

पूर्व गृह सचिव रेग्मीको निधन



पहिलोपोस्ट

पूर्व गृह सचिव रेग्मीको निधन

काठमाडौं : पूर्व गृह सचिव श्रीकान्त रेग्मीको निधन भएको छ।

आज बिहान ७१ वर्षीय रेग्मीको निधन भएको हो। उनी २०५९ सालमा गृह सचिव हुँदा राजीनामा दिएर सरकारी सेवाबाट अलग भएका थिए। वरिष्ठताको आधारमा मुख्य सचिव नभएको भन्दै उनले राजीनामा दिएका थिए।

रेग्मीले लामो समय गृह मन्त्रालयसँग आवद्ध भएका थिए। पूर्व सचिव डाक्टर शान्ताराज सुवेदी रेग्मीलाई गृह मन्त्रालय सुधारमा राम्रो काम गर्ने प्रशासक भएको स्मरण गर्छन्। 'उहाँ प्रस्ट वक्ता हो। राजनीतिक दवाव र प्रभावमा कहिले पर्नुहुँदैन थियो,' पूर्वसचिव सुवेदीले भने।

रेग्मी २०३४ सालदेखि निजामती सेवामा आवद्ध थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell