PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कांग्रेस मुख्यालय सानेपामा नेपाल दलित संघको धर्ना, माग पूरा नभए महाधिवेशन बहिष्कार गर्ने चेतावनी



पहिलोपोस्ट

कांग्रेस मुख्यालय सानेपामा नेपाल दलित संघको धर्ना, माग पूरा नभए महाधिवेशन बहिष्कार गर्ने चेतावनी

काठमाडौं : नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ। विभिन्न मागहरु राखेर काठमाडौं जिल्ला कार्य समितिको टोलीले धर्ना दिएका हुन्।

मीन विश्वकर्माले यिनै माग राखेर बुधवार संघको अध्यक्षबाट राजीनामा दिएका थिए।

संघले न्यूनतम रुपमा क्षेत्रिय प्रतिनिध वडाबाट १ महिला सहित तीनजना निर्वाचित हुनुपर्ने, वडा कमिटी, नगर समिति, निर्वाचन प्रदेश कमिटी, क्षेत्रीय कमिटी र जिल्ला कमिटीका सबै तहमा १ जना पदाधिकारी सहित १० प्रतिशत सहभागिता पुर्‍याउन पर्ने माग समेत राखेको छ।

यस्तै, संघले प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिममा १ महिला सहित कम्तिमा २ जनाको सहभागिता अनिवार्य हुनुपर्ने माग अघि सकेको छ। साथै, हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा १ जना महासमिति सदस्य अनिवार्य हुनुपर्ने समेत माग राखेको छ।

दलित संघले माग पूरा नभए महाधिवेशन बाहिस्कार गर्ने चेतावनी समेत दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell