PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल चयन



पहिलोपोस्ट

एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल चयन

हेटौँडा : नेकपा एमालेबाट विभाजित भएको नेकपा (एकीकृत समाजवादी) को मकवानपुर जिल्ला अध्यक्षमा श्रीधर पोखरेल चयन भएका छन्।

आज भएको मकवानपुर जिल्ला सदस्यहरुको भेलाले पोखरेलको अध्यक्षतामा २५५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुनु सिग्देलले बताइन्।

कमिटिको जिल्ला उपाध्यक्षमा हेटौँडा उपमहानगरपालिकाकी उपमेयर समेत रहेकी मिना लामा तथा सचिवमा विष्णु दाहाल चयन भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell