PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

थपिए २००४ संक्रमित, थप १ लाख १७ हजारले लगाए खोप



पहिलोपोस्ट

थपिए २००४ संक्रमित, थप १ लाख १७ हजारले लगाए खोप

काठमाडौं : पछिल्लो २४ घण्टामा १४ हजार ६५० जनाको कोभिड १९ परीक्षण गर्दा दुई हजार चारजनामा संक्रमण देखिएको छ। यस्तै, १ हजार ८४६ जना संक्रमण मुक्त भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३३ हजार ९४६ पुगेको छ।

यस्तै, संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ। हालसम्म देशभर संक्रमणका कारण १० हजार ७८६ जनाको मृत्यु भइसकेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख १७ हजारजनाले कोभिड १९ विरुद्ध खोप लगाएका छन्। हालसम्म देशभर ५४ लाख २५ हजार ८८८ जनाले कोरोनाविरुद्ध पहिलो खोप लगाइसकेका छन्। यस्तै, ४६ लाख ७७ हजार ९७६ जनाले खोपको पूर्ण मात्रा लगाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell