PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दर्शकका बीच फर्कियो खेल, बराबरीमा रोकिए नेपाल र भारत

दर्शकका बीच फर्कियो खेल, बराबरीमा रोकिए नेपाल र भारत

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : कोभिड-१९ महामारीमा शुरु गरिएको लकडाउनले खाली भएको रंगशाला फेरि एकपटक भरिएको छ।

पछिल्लो पटक नेपाल, बंगलादेश र कीर्गिस्तानको ओलम्पिक टिमबीचको थ्री नेशन्स कपमा भरिएको रंगशालामा खेल भएको थियो। त्यसयता सम्पन्न नेपाल सुपर लिग (एनएसएल) बन्द रंगशालामा भएको थियो।

त्यसअघि पनि क्रिकेटमा त्रिकोणात्मक सिरिजका पछिल्ला खेलहरु बन्द रंगशालामा भएका थिए।

नेपाल र भारतबीचको मैत्रीपू्र्ण खेलमा रंगशालाको क्षमताको एकतिहाइ अर्थात  ५१ सय दर्शकहरुको लागि अनुमति मिलेको थियो। रंगशाला वरपर दिउँसैबाट दर्शकहरुको आवतजावत देखिएको थियो।

आज सम्पन्न खेलमा नेपाल र भारतबीच १-१ गोलको बराबरी भयो। अब अर्को खेलमा आइतवार यी दुई टोली प्रतिस्पर्धा गर्दैछन्। दुवै टोली साफ च्याम्पियनसिप र एसिया कप क्वालिफायर्सको तयारीमा छन्।



ट्रेन्डिङ पोस्ट

Ncell