PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

चिलीमाथि ब्राजिलको संघर्षपूर्ण जित



पहिलोपोस्ट

चिलीमाथि ब्राजिलको संघर्षपूर्ण जित
Lucas Figueiredo/CBF

विश्वकप क्वालिफायर्सको दक्षिण अमेरिकी छनोट अन्तर्गत आज बिहान सम्पन्न खेलमा ब्राजिलले चिलीमाथि जित निकालेको छ। चिलीको राजधानी स्यान्टिआगोस्थित स्टेडियो मनुमेन्टलमा सम्पन्न खेलमा ब्राजिलले घरेलु टोलीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा ब्राजिललाई जिताउन एभर्टन रिबेइरोले ६३ औं मिनेटमा निर्णायक गोल गरे। आजै सम्पन्न अर्को खेलमा अर्जेन्टिनाले भेनेजुएलामाथि ३-१ गोल अन्तरले जित निकाल्दा पेरु र उरुग्वे १-१ को बराबरीमा रोकिएका थिए। त्यस्तै इक्वेडरले पाराग्वेलाई २-० ले हराउँदा बोलिभिया र कोलम्बिया १-१ को बराबरीमा रोकिए।

जितसँगै ब्राजिल ७ खेलमा सबै जित निकालेर २१ अंक जोड्दै तालिकाको शीर्षस्थानमा छ भने समान खेलबाट ४ जित र ३ बराबरी खेल्दै १५ अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा छ। त्यस्तै १२ अंक जोडेको इक्वेडर तेस्रो र ९ अंक जोडेको उरुग्वे चौथो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell