PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

ट्रान्सफर्मर पड्किएपछि टेकुको शुक्रराज अस्पतालमा विद्युत अवरुद्ध, बिरामी सार्ने तयारी



पहिलोपोस्ट

ट्रान्सफर्मर पड्किएपछि टेकुको शुक्रराज अस्पतालमा विद्युत अवरुद्ध, बिरामी सार्ने तयारी

काठमाडौंः ट्रान्सफर्मर पड्किएपछि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा विद्युत आपूर्ति अवरुद्ध भएको छ।

ट्रान्सफर्मर शुक्रबार बिहान करिब साढे ९ बजे पड्किएको हो। ट्रान्सफर्मर पड्किएपछि अस्पताल र आसपासको क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको छ।

जेनेरेटरले धेरैबेर नधान्ने अस्पतालको आइसीयूमा उपचाररत १८ बिरामीलाई अप्ठ्यारो पर्ने देखिएको छ। भर्ना रहेका बिरामीका आफन्त स्वास्थ्यकर्मीले 'बिजुली आउन ढिला भए अन्त सार्नुपर्छ, त्यसको तयारीमा लाग्नुस्' भनेका छन्।

एक जना बिरामीका आफन्त सरोज कुइकेलले भने 'एक घन्टामा पनि बिजुली आएन भने बिरामी अर्को अस्पतालमा सार्नुपर्छ भनिरहेका छन्। फोन गर्दैछु, अरु अस्पतालमा आइसीयू खाली पाउनै गाह्रो भइरहेको छ।'

विद्युत प्राधिकरणमा जानकारी पुगिसकेकाले आपूर्ति नियमित बनाउन छिटै प्रयास हुने भन्दै स्वास्थ्यकर्मीले बिरामी र तिनका कुरुवालाई आश्वस्त पार्ने प्रयास पनि गरिरहेका छन्। तर ट्रान्सफर्मर छिटो फेर्न नसकिने देखिएपछि बिरामीका कुरुवा अन्त आइसीयुको खोजीका लागि फोन गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell