PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

सूर्यविनायक पुगेर देउवाले गरे कांग्रेसको वडा अधिवेशनको औपचारिक सुरुवात



पहिलोपोस्ट

सूर्यविनायक पुगेर देउवाले गरे कांग्रेसको वडा अधिवेशनको औपचारिक सुरुवात
तस्विर : किरण खड्का / फेसबुक

काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज कांग्रेसको वडा अधिवेशनको औपचारिक सुरुवात गरेका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका पुगेर उनले ५ नम्बर वडा अधिवेशनको सुरुवात गरेका हुन्। आज उद्घाटन भएपनि निर्वाचन भने २१ गते मात्रै हुनेछ।

कांग्रेसको १४ औं महाधिवेशन कार्यतालिकाअनुसार आज वडाबाट अधिवेशन सुरु भएको हो। कांग्रेसले एकैसाथ आज देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा अधिवेशन गर्ने प्रयास गरे पनि त्यो सम्भव भने हुन सकेन।

कांग्रेस निर्वाचन समितिका अनुसार हालसम्म केन्द्रले ५६ जिल्लाको क्रियाशील सार्वजनिक गरेको छ। ती सबै जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाइसकेको निर्वाचन समितिका संयोजक महादेव यादवले जानकारी दिए।

क्रियाशील सार्वजनिक भएका जिल्लाहरुमा निर्वाचन समिति वडा अधिवेशन गर्न तयार रहेको बताए पनि कतिपयमा विवाद सल्टिएको छैन। ती जिल्लामा २२ गतेसम्ममा वडा अधिवेशन हुने भनिएको छ। आज ३० भन्दा बढी जिल्लामा वडा अधिवेशन हुने बताइएको छ। आज अधिवेशन हुन नसकेको स्थानमा जिल्ला निर्वाचन समितिले अर्को मिति तोकेर अधिवेशन गर्न सक्ने अधिकार दिइएको छ। आज भएका निर्वाचनको परिणाम आजै आउने संयोजक यादवले जनाए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell