PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

मकवानपुरका एक प्रमुख र दुई उप प्रमुखसहित २५ जना स्थानीय जनप्रतिनिधिले समाजवादीमा गरे सनाखत



पहिलोपोस्ट

मकवानपुरका एक प्रमुख र दुई उप प्रमुखसहित २५ जना स्थानीय जनप्रतिनिधिले समाजवादीमा गरे सनाखत

हेटौंडा : मकवानपुरमा २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट विजयी भएकामध्ये एक प्रमुख र दुई उप प्रमुखले एमाले त्याग गर्दै नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन्।

बिहीवार हेटौंडा ५ स्थित प्रदेश निर्वाचन कार्यलयमा उपस्थित भएर एक प्रमुख र दुई उपप्रमुख सहित २५ जना स्थानीय जनप्रतिनिधिले माधव नेपाल नेतृत्वको समाजवादी पार्टीमा सनाखत गरेको प्रदेश निर्वाचन कार्यलय हेटौंडाले जनाएको छ।

सनाखत गर्नेहरुमा कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान, हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मीना कुमारी लामा, मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्ट रहेका छन्।

दल फुटाउने अध्यादेशले नेकपा एमाले आधिकारिक रूपमा विभाजन भएपछि गएको भदौ १५ गतेदेखि २२ गतेसम्म नयाँ पार्टी समाजवादीमा सनाखतका लागि समय दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell