PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

पर्सा र बाराको एमाले समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित



राधेश्याम पटेल

पर्सा र बाराको एमाले समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित

वीरगंज : पर्साको नेकपा एमालेको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी) पार्टीमा रुपान्तरित भएको छ। बालगोपाल थापाको नेतृत्वमा बनेको सिंगो समानान्तर कमिटी माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा समाहित भएको हो।

जिल्लाको सदरमुकाम वीरगंजमा बसेको सचिवालयको बैठकले प्रतिगमन बिरोधी आन्दोलनले एमाले भित्र संगठित गरेको समानान्तर कमिटी माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) मा समाहित हुने निर्णय गरेको अध्यक्ष थापाले बताए।

नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य एवम् पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साहको प्रमुख आतिथ्यमा बसेको बैठकले नवगठित जिल्ला कमिटीको सपथ ग्रहण वीरगंज बसपार्कस्थित सोल्टी पार्टी प्यालेसमा भदौ २६ गते गर्ने निर्णय समेत गरेको छ।

थापाले अग्रगमनका पक्षधर र इमान्दार कम्युनिष्ट नेता तथा कार्यकर्ताहरुलाई नेकपा एकिकृत समाजवादी पार्टी समाहित हुन आह्वान समेत गरिएको जिल्ला सचिव बिक्रम चौरसियाले बताए। बैठकमा वीरगंज महानगर कमिटीका अध्यक्ष मनोज चौधरी, प्रदेश कमिटीका सदस्यहरु किशोरी कुशवाहा, योगेन्द्र यादव लगायतको उपस्थिती रहेको थियो।

बारामा २७ गते सपथग्रहण

बारामा पनि समानान्तरण कमिटीलाई एकीकृत समाजवादीको जिल्ला कमिटीमा रुपान्तरित गरिएको छ। नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) पार्टी बाराका अध्यक्ष राजेन्द्र प्रसाद कलवारको अध्यक्षतामा बसेको बैठकले अगुवा कार्यकर्ता भेला गरी कमिटीलाई समाहित गरेको हो।

नवगठित नेकपा (एकिकृत समाजवादी) का केन्द्रीय सदस्य दिनेश राईले सबै उपमहानगर, नगर तथा गाउँपालिका कमिटीमा पार्टी संगठन पुनर्गठन, विस्तार तथा निर्माण गर्न आग्रह गर्दै समाजवादको यात्रामा सहभागी हुन सबैलाई आह्वान गरेका छन्।

जिल्ला बैठकमा नेता वीरेन्द्र प्रसाद यादवले नेकपा एकिकृत समाजवादीको घोषणा पत्र पेश गरेका थिए। नवगठित कमिटीको जिल्ला भेला तथा कमिटी विस्तार कार्य भदौ २७ गते पार्टीका अध्यक्ष माधव नेपालको उपस्थितमा गर्ने निर्णय भएको उनले बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell