PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

प्रचण्डकी नातिनी स्मिताको 'इबादद बन गए हो’ बोलको हिन्दी गीत सार्वजनिक



पहिलोपोस्ट

प्रचण्डकी नातिनी स्मिताको 'इबादद बन गए हो’ बोलको हिन्दी गीत सार्वजनिक

गायिका स्मिता दाहालको 'इबादद बन गए हो’ बोलको हिन्दी गीत सार्वजनिक भएको छ। गीतको भिडियो आज भारतीय पप च्याटबस्टर्सको युट्युब च्यानलबाट रिलिज गरिएको हो।

गीतमा स्मिताका साथै भारतीय गायक शबाब साबरीले स्वर भरेका छन्। केआर वाहीको शब्द रहेको गीतमा गायक शबाब साबरीकै संगीत रहेको छ।

गीतको भिडियोमा स्मिताका साथै अभिनेता अर्जुन बिजलानी फिर्चड छन्। साथै गीतको भिडियोलाई राजिव एस. रुईयाले निर्देशन गरेका हुन्।

भारतीय कलाकारसँग काम गर्न पाउँदा आफू एकदमै खुसी र उत्साहित रहेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन्।

स्मीता नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell