PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

लुम्‍बिनीमा अजय बहादुर शाहीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा



पहिलोपोस्ट

लुम्‍बिनीमा अजय बहादुर शाहीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा

बुटवल : लुम्बिनी प्रदेशको मन्त्रिपरिषदमा हेरफेर र कार्यविभाजन गरिएको छ। प्रदेशका बिना विभागीय मन्त्री अजय बहादुर शाहीलाई मन्त्री उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी दिइएको छ।

यस्तै, सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला मन्त्री कृष्ण ध्वज खड्कालाई सहकारी मन्त्रालयको समेत थप जिम्मेवारी दिइएको छ। शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीलाई पर्यटन र ग्रामीण मन्त्रालयको जिम्मेवारी समेत थपिएको छ।

मुख्यमन्त्री कुलप्रसाद केसीले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, वन वातावरण तथा भू–संरक्षण मन्त्रालय, शिक्षा, विज्ञान युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गरी ९ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

जसपाका दुई मन्त्री पुरमति ढेंगा र सुमन शर्मा रायमाझी बिना विभागीय नै छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell