PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

माधव नेपाल नेतृत्वको नेकपा (एस)को केन्द्रीय कार्यालय मीनभवनमा, सुरु भयो रङरोगन



पहिलोपोस्ट

माधव नेपाल नेतृत्वको नेकपा (एस)को केन्द्रीय कार्यालय मीनभवनमा, सुरु भयो रङरोगन

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय मीनभवनमा हुने भएको छ। भाडाको घरलाई कार्यालय बनाउने तयारी भइरहेको नेता जीवनराम श्रेष्ठले जानकारी दिए।

अहिले रङरोगन लगायतका काममहरु भइरहेको श्रेष्ठले जानकारी दिए।

'हाम्रो कार्यालय मीनभवनमा हुन्छ। अहिले रङरोगन लगायतका कामहरु भइरहेका छन्। चाँडै हामी सञ्चालनमा ल्याउँछौं,' उनले भने। असोज १ गते कार्यालयको उद्घाटन हुने श्रेष्ठले बताए। केन्द्रीय कार्यालयमा सचिवालय लगायतका संरचना रहने उनको भनाई छ। तत्काल एक जनालाई पार्टी कार्यालयको सचिव तोकेर कार्यालय सञ्चालन गर्न लागिएको हो।

नेकपा एमालेबाट विभाजन भएर नेकपा (एस) बनेपछि पार्टीका विभिन्न संरचनाहरु बनाउने काम भइरहेको छ। भर्खरै नेकपा एसको संसदीय दलको कार्यालयको उद्घाटन भएको थियो। नेकपा एसले जिल्ला र प्रदेशमा पनि पार्टी कार्यालय सञ्चालनको तयारी गरिरहेको छ। निर्वाचन आयोगबाट पार्टीको मान्यता पाएपछि नेकपा (एस)का गतिविधिले तिब्रता पाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell