PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

अभिनेता दिलिपकुमारकी श्रीमती सायरा बानुको आइसियुमा उपचार हुँदै



पहिलोपोस्ट

अभिनेता दिलिपकुमारकी श्रीमती सायरा बानुको आइसियुमा उपचार हुँदै
Photo : Koimoi

बलिउडकी प्रसिद्ध अभिनेत्री सायरा बानु मुम्बईको हिन्दुजा अस्पताल उपचाररत् छिन्। दिलिप कुमारकी श्रीमती ७७ वर्षिया सायरालाई उच्च रक्तचापका कारण श्वास फेर्न गाह्रो भएपछि २८ अगस्टमा अस्पताल भर्ना गरिएको थियो। सायराको हाल आइसियुमा राखेर उपचार भइरहेको छ।

दिलीप कुमारको मृत्यु पछि सायरा बिरामी परेकी हुन्। हिजो मात्रै चिकित्सकले उनको मुटुको परीक्षण गरेका थिए। जसमा 'एक्यूट कोरोनरी सिन्ड्रोम' देखिएको छ।

चिकित्सकहरुले सायरालाई सीएजी (कोरोनरी एंजियोग्राम) गर्न सल्लाह दिएका थिए तर उनले उक्त परिक्षण गर्न अस्विकार गरेकी छिन्।

दिलिप साहबको मृत्युपछि सायरा डिप्रेशनको सिकार समेत भएको बताइएको छ। 

सायराले सन् १९६१ फिल्म 'जंगली' शम्मी कपुरसँगै डेब्यु गरेकी थिइन्। सायरा र दिलिपले 'सगीना र गोपी' लगायत फिल्महरुमा एकसाथ काम गरेका थिए। प्रेमसम्बन्धमा बसेपछि उनीहरुले सन् १९६६ मा बिबहा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell