PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

पारसले संन्यास फिर्ता लिनुपर्छ : रमेश सिलवाल



पहिलोपोस्ट

पारसले संन्यास फिर्ता लिनुपर्छ : रमेश सिलवाल

काठमाडौं : राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले संन्यास फिर्ता लिनुपर्ने बताएका छन्।

कसमस कलेजले आज पारसलाई ब्रान्ड एम्बेस्डर घोषणा गर्न आयोजना गरेको कार्यक्रममा सिलवालले विनोद दासले कप्तानीबाट बिदा लिँदै गर्दै आफू नेपाल क्रिकेट संघ (क्यान) को उपाध्यक्ष रहेको र त्यही बेला आफैले पारसलाई कप्तानका रुपमा रोजेको स्मरण गरे। 

'वहाँले आफूलाई प्रमाणीत गर्नुभयो।' सिलवालले भने।

त्यस्तै सदस्यसचिव सिलवालले पारससँग एउटै मञ्चबाट संन्यास फिर्ता लिन आग्रह समेत गरे। 

'पारसको सपना इन्जिनियर हुने थियो। उनले क्रिकेटमा आफ्नो सर्वस्व दिए। उनले जे गरे ठिक गरे। उहाँले आफूलाई प्रमाणित गर्नुभयो। तर उनको संन्यासले म स्तब्ध भएँ' उनले भने।

सदस्य सचिवको भएकोले पारसले संन्यासअघि आफूसँग परामर्श गर्लान् भन्ने आफूलाई लागेको सिलवालले बताए।

'अहिले पनि नेपालीले पारस खोजेको छ। मैल् क्‍यानको साथीसँग पनि कुरा गरें। राम्रो अन्तर्राष्ट्रिय खेल हुँद संन्यास लिनुपर्थ्यो। त्यसमा गौरवपूर्ण विदाई हुने थियो,' सिलवालले भने, 'जसरी मेस्सीले संन्यासपछि कोपा अमेरिका जितेर आफू माथि लागेको दाग मेटाउनुभयो। त्यसरी नै पारसले पनि संन्यास फिर्ता लिनुपर्छ।'

सिलवालले संन्यास फिर्ता लिन आग्रह गरिरहँदा मञ्चमै रहेका खड्का मुसुमुुसु हाँस्दै बसेका थिए।

पारस खड्काले अब सन्यास फिर्ता लिने अवस्था नभएको भन्दै क्यानमा जाने, एकेडेमी चलाउने या क्रिकेटमै रहेर धेरै कुरा गर्न सकिने विकल्प रहेको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell