PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

थपिए १७५६ कोरोना संक्रमित, एकैदिन १ लाख ६४ ले लगाए खोप



पहिलोपोस्ट

थपिए १७५६ कोरोना संक्रमित, एकैदिन १ लाख ६४ ले लगाए खोप

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १ हजार ७५६ जनामा कोभिड १९ संक्रमण देखिएको छ। १४ हजार ३३४ जनाको परीक्षण गर्दा १ हजार ७५६ जनामा संक्रमण देखिएको हो।

यस्तै, २ हजार २७४ जना संक्रमण मुक्त भएसँगै हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३३ हजार ६ जना पुगेको छ।

संक्रमणका कारण थप २३ जनाको मृत्यु भएको छ। हालसम्म १० हजार ८०९ जना कोभिड १९ संक्रमितको मृत्यु भइसकेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ६४ हजार ३०२ जनाले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन्। हालसम्म देशभर ५४ लाख ७२ हजार ७९३ जनाले खोपको पहिलो मात्र लगाएका छन्। यस्तै, ४७ लाख ९५ हजार ३७३ जनाले खोपको पूर्ण मात्रा लगाइसकेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell