PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

भारतमा उकालो लाग्दै संक्रमण दर : सक्रिय कोरोन संक्रमितको संख्या फेरि ४ लाख नाघ्यो



पहिलोपोस्ट

भारतमा उकालो लाग्दै संक्रमण दर : सक्रिय कोरोन संक्रमितको संख्या फेरि ४ लाख नाघ्यो
Photo : PTI / India Today

भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार ६१८ कोभिड १९ संक्रमित पहिचान भएका छन्। पहिचान भएका संक्रमित मध्ये २९ हजार ३२२ जना केरलामा भेटिएका हुन्। यस्तै, देशभर ३६ हजार ३८५ जना संक्रमण मुक्त भएका छन्।

पछिल्लो दुई हप्तायता भारतमा संक्रमण दर फेरि उकालो लागेको छ। दैनिक करिब ४० हजार संक्रमितच पहिचान भइरहेका छन्। केरलामा संक्रमण दर बढ्दा भारतमा फेरि संक्रमणको त्रास बढेको छ। संक्रमितको संख्या बढेसँगै सक्रिय कोरोना संक्रमितको संख्या फेरि ४ लाख नाघेको छ। हाल भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ४ लाख ५ हजार ६८१ पुगेको छ।

यस्तै, संक्रमणका कारण थप ३३० जनाको मृत्यु भएको छ। हालसम्म संक्रमणका कारण ४ लाख ४० हजार २२५ जनाको मृत्यु भइसकेको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८ लाख ८५ हजार ६८७ जनाले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन्। भारतमा हालसम्म ६७ करोड ७२ लाख ११ हजार २०५ जनाले खोप लगाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell