PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

निर्भानाको 'नेभरमाइन्ड' एल्बम रिलिज भएको ३० वर्षपछि 'पोस्टर चाइल्ड'का कारण किन आयो विवाद ?



पहिलोपोस्ट

निर्भानाको 'नेभरमाइन्ड' एल्बम रिलिज भएको ३० वर्षपछि  'पोस्टर चाइल्ड'का कारण किन आयो विवाद ?
Photo : Nirvana/ Nevermind

'लोड अप अन गन्स, ब्रिङ यर फ्रेन्ड्स

इस्ट फन टु लुस एन्ड टु प्रिटेन्ड

सी इज ओभर बोरड् एन्ड सेल्फ एस्स्योर्ड

ओह् नो, आइ नो अ डर्टी वर्ड'

सन् १९९१ मा जब रक ब्यान्ड निर्भानाले 'नेभर माइन्ड' एल्बममा रहेको यो गीतले चर्चा पाउँदै थियो, त्यो भन्दा बढी चर्चा एल्बमको कभरले पायो। एल्बमको कभरमा देखिएका थिए एक बालक। स्विमिङ पुलमा कुनै कपडा नलगाएका ४ वर्षीय बालक डलरको नोट लिन पौडी रहेका जस्तो देखिन्छ। उक्त तस्विरमा देखिएका बालक हुन् स्पेन्सर एल्डन।

एल्बम रिलिज भएको ३० वर्ष पूरा हुँदा उनै एल्डनले निर्भाना ब्यानडविरुद्ध मुद्दा दर्ता गराएका छन्। उनको आरोप छ – सो तस्विर खिच्न उनको बुवा आमाको सहमति थिएन, उक्त तस्विरले 'चाइल्ड प्रोनोग्राफी' लाई बढावा दिन्छ।

अच्चममा पार्ने कुरा चाहिँ अर्कै छ। हाल ३० वर्ष पुगेका एल्डनले यसअघि बाल्यकालमा तस्विर खिचाएकै 'थिम' मा युवा उमेरमा तीनपटक तस्विर खिचाएका थिए। त्‍यस बेला उनले राजीखुसी 'री फोटोसुट' गराएका थिए। युवा उमेरमा भने स्विमिड पुलमा उनले बक्सर लगाएका थिए। एल्बमको १० औँ, १४ औँ र २५ औँ वार्षिकत्सोवमा उनले बक्सर लगाएर फोटो सुट गरेका थिए।

युवा उमेरमा नेभेरमान्ड एल्बमको कभर रि सुटका क्रममा स्पेन्सर। Photo : John Chapple/ BBC


तर अहिले भने उनै एल्डनले एल्बम बनाउनेहरु विरुद्ध चाइल्ड पोर्नग्राफीको मुद्दा दर्ता गरेका छन्। साथै यसको लागि सबै जिवित सदस्यसँग उनले जरिवाना समेत मागेका छन्।

के भएको थियो?

स्पेन्सर एल्डन चार महिनाका थिए। सन् १९९१ मा परिवारकै एकजना नजिकका साथीले स्विमिङ पुलमा उनको 'न्यूड' फोटो खिचेका थिए। जुन तस्विर क्यालिफोर्नियाको पासाडेनामा रोज बाउल एक्वेटिक्स सेन्टरमा लगियो। त्यसपछि उक्त तस्विरलाई त्यसै वर्ष 'नेभर माइन्ड' एल्बमको कभर फोटोको रुपमा प्रयोग गरियो।

यो एल्बमले जेनरेसन एक्सलाई परिभाषित गर्दछ। जुन एल्बमले ब्यान्डलाई अन्तर्राष्ट्रिय लोकप्रियता हासिल गर्न निकै मद्दत पुर्‍याएको छ। साथै एल्बमबाट ब्यान्डले निकै कमाई समेत गरेको थियो।

तर उक्त कमाईबाट आफू र परिवारले कुनै लाभ नलिएको स्पेन्सरको दाबी छ। उनले ब्यान्डका बाँकी सदस्य डेविड ग्रोहल, क्रिस्ट नोवोसेलिक लगायत विरुद्ध उजुरी हालेका छन्। साथै हरेकबाट डेढ लाख डलर जरिवानाको समेत माग गरेका छन्।

उनले यो एल्बमब ब्यान्डको सबैभन्दा बढि कमाउने र लोकप्रिय एल्बम भएको दाबी गरेका छन्। यस एल्बमको ३० मिलियन कपी बिक्री भइसकेको छ।

'सबैलाई एल्बमको कभर फोटोको कारण मलाई धैरै पैसा कमाइरहेको छ भने लाग्ला तर यस्तो होइन' उनले एक अन्तर्वातामा भनेका छन्।

साथै उनले केही समयअघि ब्यान्डको साथ प्रस्तुती दिन समेत अस्विकार गरेका थिए। यदि आफू मह्त्वपुर्ण छैन भने किन अहिलेसम्म आफूलाई कभरमा राखेको भन्दै उनले प्रश्न गर्दै आएका छन्।

उनले यो फोटोका कारण भावनात्मक रुपमा क्षति ब्यहोर्नु परेको र आम्दानीमा समेत स्थायी घाटा झेल्नु परेको बताएका छन्। तर कति नोक्सान भयो भनेर उनले उल्लेख गरेका छैनन्।

उनकी वकिल मैगी माबीले भनिन्,' यस फोटोको कारण उनले कैयौँ वर्ष उनले थेरेपीको सामना गर्नुपर्‍यो। उनी यस्ता कुनै पनि मानिस भेटेका छैनन् जसले उनको यो न्यूड फोटो नदेखेका हुन्।'

तर, प्रश्न उब्जन्छ, बाल्यकालपछि तीनपटक फेरि स्वीमिङ पुलमा फोटोसुट गराएका स्पेन्सरको मनस्थिति किन परिवर्तन भयो ? केही विज्ञहरुले भने पहिला आफूलाई स्वभाविक लागेको तस्विर पछि अस्वभाविक लाग्न सक्ने भन्दै स्पेन्सरमा पनि तस्विरलाई लिएर परिवर्तन आएको हुन सक्ने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell