PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

घरमै आराम गर्नुपर्ने गरी एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या



पहिलोपोस्ट

घरमै आराम गर्नुपर्ने गरी एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या

काठमाडौं : पूर्व प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि अध्यक्ष ओलीले नेता तथा कार्यकर्ता भेटघाट बन्द गरेका छन्। त्यस्तै शनिवार हुने कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुने ‍भएका छन्। प्रधानमन्त्री पदबाट हटेपछि नेकपा एमालेभित्र देखिएको पार्टी विभाजनले गर्दा ओलीको सक्रियता बढेको थियो। पछिल्लो पटक बढेको सक्रियताका कारण स्वास्थ्यमा सामान्य समस्या देखिएको ओलीका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिए।

'शरीरमा केही अफ्ठ्यारो भएर घरमा नै आराम गर्नु भएको हो। अस्पताल जानुपर्ने कुनै त्यस्तो समस्या देखिएको छैन,' बजगाईँले भने।

उनका अनुसार ओलीमा ज्वरो लगायतका अरु कुनै समस्या भने देखिएको छैन। अध्यक्ष ओलीको मृगौलामा सम्या देखिएपछि २१ फागुन २०७६ मा टिचिङमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। भारतको एपोलो अस्पतालमा पहिलो पटक प्रधानमन्त्री ओलीले २०६४ सालमा मिर्गौला प्रत्यारोपण गरेका थिए।

२०७५ सालको दसैंमा सर्वसाधरण र अन्यलाई टीका लगाउँदा संक्रमण फैलिएको भन्दै उनी लामो समय बालुवाटारमा नै आराम गरेर बसेका थिए। त्यसपछि पटकपटक उनको स्वास्थ्यमा समस्या देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell