PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

भारतीय शैलीविरुद्ध विप्लव नेतृत्वका विद्यार्थी उत्रिए सडकमा

भारतीय शैलीविरुद्ध विप्लव नेतृत्वका विद्यार्थी उत्रिए सडकमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : सुदूर पश्चिम नेपालको सन्दर्भ उठाउँदै नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल  कम्युनिस्ट पार्टी आवद्ध विद्यार्थी संगठन र युवा संगठन नेपालले प्रदर्शन गरेका छन्।

राजधानीको रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि उनीहरुले नेपाली आकाशमाथिबाट भारतीय हवाई गस्ती भइरहेको विरोधमा यस्तो प्रदर्शन गरेका हुन्। साथै, भारतीय सीमा सुरक्षा बलका जवानले तुइनबाट महाकाली नदी तर्दै गरेका युवकलाई बगाएको विषयलाई लिएर पनि उनीहरुले विरोध कार्यक्रम आयोजना गरेका हुन्। भारतको विदेश मन्त्रालयका प्रवक्ताले नेपालप्रति हेपाह शैलीमा अभिव्यक्ति दिएको भन्दै उनीहरुले आक्रोश जनाएका थिए। 



ट्रेन्डिङ पोस्ट

Ncell