PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

कोरोनाका कारण बन्द रहेको चन्द्रागिरिको केबलकार आजदेखि सञ्चालनमा, खुलेकै दिन पुगे दुई हजार जना



रासस

कोरोनाका कारण बन्द रहेको चन्द्रागिरिको केबलकार आजदेखि सञ्चालनमा, खुलेकै दिन पुगे दुई हजार जना
फोटो : रासस।

काठमाडौं : कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेको चन्द्रागिरिको केबलकार आजदेखि सञ्चालनमा आएको छ। गत बैशाख १६ गतेदेखि सरकारले लकडाउन शुरु गरेपछि केबलकार बन्द भएको थियो।

चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेखविक्रम शाहका अनुसार झण्डै पाँच महिनापछि केबलकार सञ्चालनमा आउँदा आज पहिलो दिन दुई हजार जनाले यात्रा गरेका छन्। उनले स्वास्थ्य मापदण्डको पालना गरेर केबलकार सञ्चालन गरिएको बताए।

उनले भने, ‘सरकाले तोकेका स्वास्थ्यका मापदण्ड पालना गरेका छौं, ठाउँ-ठाउँमा स्यानेटाइजरको व्यवस्था छ, मास्कविना प्रवेशमा रोक लगाइएको छ, यहाँ फराकिलो क्षेत्र भएकाले खास भिडभाड नहुने हुनाले पनि कोरोनाको डर कम छ।’

उनले सर्वसाधारणका लागि केबलकार सञ्चालन आजदेखि गरे पनि रिसोर्ट गत असारबाट नै खुलाइएको जानकारी दिए।

यसैगरी, आजदेखि चन्द्रागिरिमा जिप लाइन पनि सञ्चालनमा आएको छ। आज त्यहाँ पुगेकामध्ये कतिपयले जिप लाइनको मजा पनि लिएका थिए। काठमाडौंको एक आकर्षक एकीकृत पर्यटकीय क्षेत्रका रुपमा विकास भएको यस चन्द्रागिरि हिल्समा आजदेखि जिप लाइन पनि थपिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell