PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज



पहिलोपोस्ट

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

काठमाडौं: नेपाल र भारतीय फुटबल टोली दोस्रो मैत्रीपूर्ण खेलका लागि आज आमनेसामने हुँदैछन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ साढे ५ बजे सुरु हुँदैछ।

यसअघि बिहीवार सम्पन्न पहिलो खेल १-१ को बराबरीमा रोकिएको थियो। उक्त खेलमा नेपालका अञ्जन बिस्टले पहिलो हाफमा नेपाललाई अग्रता दिलाएका थिए भने दोस्रो हाफमा भारतका अनिरुद्र थापाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

यसअघि पछिल्लो पटक नेपाल र भारत सन् २०१७ मा भारतमा मैत्रीपूर्ण खेलमा आमनेसामने भएका थिए जसमा भारतले २-० ले खेल आफ्नो पक्षमा पारेको थियो। त्यसअघि सन् २०१५ मा भएका तीन खेलमध्ये विश्वकप क्वालिफायर्सको पहिलो लेगमा भारतले २-० ले हराएको थियो भने दोस्रो लेगमा गोलरहित बराबरीमा रोकेको थियो। त्यहीवर्ष साफ च्याम्पियनसिपमा भने भारतले नेपालमाथि ४-१ को फराकिलो जित निकालेको थियो। नेपालले पछिल्लो पटक भारतलाई पराजित गरेको सन् २०१३ को साफ च्याम्पियनसिपमा हो। यद्यपि लगत्तै अर्को मैत्रीपूर्ण खेलमा भारतले नेपाललाई हराएको थियो।

खेल हेर्नका लागि रंगशालामा ५१ सय दर्शकलाई अनुमति मिलेको छ। जसको टिकट मूल्य साधारणतर्फ १ हजार भीआईपीतर्फ २ हजार रहेको छ। खेलको प्रत्यक्ष प्रसारण हिमालय टिभी र ओएसआर यूट्युब च्यानलले गर्नेछन्।

दुबै टोली माल्दिभ्समा हुन गइरहेको साफ च्याम्पियनसिप र चीन हुने एसियाकपको क्वालिफायर्सको तयारीमा छन्।

को को छन् भारतीय टोलीमा?

गोलिकिपर: अरमिन्दर सिंह, धीरज सिंह मोइरंगदेम, गुरप्रीतसिंह संधु

डिफेन्डर: प्रीतम कोटल, चिनग्लेनसना सिंह कोन्सम, मंदार राव देसाइ, आकाश मिश्रा, राहुल वेके, सुभाषिश बेस, सेरिटन फर्नान्डेज

मिडफिल्डर: लालेंगमालिया, बिपिन सिंह, अनिरुद्ध्र थापा, सहल अब्दुल समद, ब्रेन्डन फर्नान्डेज, लिस्टन कोलाको, यासिर मोहम्मद, ग्लेन मार्टिन्स, सुरेश सिंह वांगजाम, जेकसन सिंह, प्रणय हलदर

फर्वार्डस्: मनभीर सिंह, रहिम अली, सुनिल क्षेत्री, फारुक चौधरी

नेपाली खेलाडी

किरणकुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, विकेश कुथु, आशिष लामा, अनन्त तामाङ, अञ्जन विष्ट, आयुस घलान, बिसाल राई, दिनेश राजबंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, राजन गुरुङ, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, तेज तामाङ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell