PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

इथियोपियन सेनाको दाबी : ५६०० टिग्रे विद्रोही मारिए, २ हजार नियन्त्रणमा



पहिलोपोस्ट

इथियोपियन सेनाको दाबी : ५६०० टिग्रे विद्रोही मारिए, २ हजार नियन्त्रणमा
File Photo : Ethiopian News Agency

इथियोपियन सेनाले ५ हजार ६०० भन्दा बढी टिग्रे विद्रोही मारिएको दाबी गरेका छन्। नोभेम्बरदेखि सरकार र टिग्रे विद्रोहीबिचको द्वन्द्व चर्किएको थियो। इथियोपियाको विद्रोही समूह टिग्रे पिपल्स लिबरेसन फ्रन्टले क्षेत्रिय राजधानी मिकेली कब्जा गर्दै स्रिह्रे क्षेत्रको अधिकांश क्षेत्रमाथि कब्जा जमाएको थियो।

पछिल्लो कारवाहीमा भने सेनाले टिग्रे विद्रोहीलाई ठूलो क्षति पुर्‍याएको दाबी सेनाले गरेको हो। सेनाका वरिष्ठ जनरल बाचा डेबेलेले भिडन्तमा करिब २ हजार ३०० जना विद्रोही घाइते भएको र २ हजारजनालाई नियन्त्रणमा लिएको बताएका छन्।

विद्रोही समूहले भने सेनाको दाबीबारे कुनै प्रतिक्रिया दिएको छैन।

टिग्रे क्षेत्रमा विद्रोही समूहहरु सक्रिय भएसँगै गत नोभेम्बरदेखि इथियोपियन सरकारले त्यहाँ आक्रामक कारवाही सुरु गरेको थियो। इथियोपियन प्रधानमन्त्री अबी अहमदले टिग्रे लडाकू समूहविरुद्ध अन्तिम चरणको कारवाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए। त्यसपछि टिग्रे नेताहरुले भने सरकारसँग आफूहरु लड्न तयार भएको बताएका थिए।

ट्रिग्रे विद्रोहीहरुले क्षेत्रिय राजधानी कब्जा गरेपछि संघीय सरकारले एकतर्फी युद्धविराम घोषणा गरेको थियो। सरकारको घोषणासँगै हजारौंको मृत्यु र हजारौं विस्थापित भएको संघर्ष रोकिने आशा लिइएको थियो। तर विद्रोही समूहले भने आफ्नो विरोधीविरुद्धको संघर्ष थप चर्काउन लडाकूहरुलाई निर्देशन दिएको थियो।

टिग्रे समूह र सरकारबिचको संघर्षका हजारौं मानिस विस्थापित भएका छन्। टिग्रे क्षेत्रबाट सीमावर्ती क्षेत्रमा हजारौं मानिस पलायन भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell