PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

पञ्ज्शिरमा ६ सय तालिवानी सैनिक मारिएको र एक हजारभन्दा धेरैलाई नियन्त्रणमा लिएको दावी



पहिलोपोस्ट

पञ्ज्शिरमा ६ सय तालिवानी सैनिक मारिएको र एक हजारभन्दा धेरैलाई नियन्त्रणमा लिएको दावी
ASSOCIATED PRESS/Wali Sabawoon

कायरो : नेसनल रेसिस्टेन्स फ्रन्ट अफ अफगानिस्तानका लडाकुहरूले करिब ६ सय तालिवानी सैनिकलाई मारेको दावी गरेका छन्।

अफगानिस्तानको पञ्ज्शिरमा यति धेरै संख्यामा तालिवानीको मृत्यु भएको शनिवार फ्रन्टका प्रवक्ता फहिम दश्तीले ट्विटरमार्फत् जानकारी गराएका हुन्। 

'आज बिहानदेखि नै पञ्ज्शिरका विभिन्न भागमा गरि करिब ६ सय तालिवानी आतंवादीहरु मारिएका छन् ,' दस्तीले लेखेका छन्। उनले १ हजारभन्दा धेरै लडाकुहरु नियन्त्रणमा लिएको पनि जनाएका छन् जसमध्ये केही पक्राउ परेका हुन् बाँकीले आत्मसमर्पण गरेका हुन्।

उनले यस्तो ट्विट गर्नुपूर्व तालिवानी प्रवक्ता बिलाल करिमीले ट्विटरबाटै पञ्ज्शिरका चारवटा जिल्लाहरु नियन्त्रणमा लिइएको जनाएका थिए। शुक्रवार समाचार एजेन्सी रोयटर्सले तालिवानी स्रोतलाई उद्धृत गर्दै सबै भाग नियन्त्रणमा लिएको जनाएको थियो। त्यतिखेर रसियाली समाचार संस्था तासले फ्रन्टले उक्त दावी अस्वीकार गरेको जनाएको थियो।

अमेरिकाले अफगानिस्तानबाट आफ्नो उपस्थिति समाप्त पारे लगत्तै तालिवानीले पञ्ज्शिर क्षेत्रमा ठूलो सैन्य शक्ति परिचालन गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell