PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

सेयर बजारमा पहिरो, रेकर्ड ब्रेक नेगेटिभ सर्किट



पहिलोपोस्ट

सेयर बजारमा पहिरो, रेकर्ड ब्रेक नेगेटिभ सर्किट

काठमाडौं : एकै दिनको कारोबारमा अहिलेसम्मकै सबैभन्दा धेरै अंकले गिरावट भएपछि नेपाल स्टक एक्स्चेन्जको कारोबार स्थगित भएको छ। १४५ अंकले घटेपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको हो। 

पछिल्लो एक वर्षको अवधिमा यो दोस्रो पटक नेगेटिभ सर्किट लागेको हो।

नेपालको सेयर बजारमा यो एकै दिनको सबैभन्दा ठूलो गिरावट समेत हो। यस अघिको सबैभन्दा ठूलो गिरावट १२३ अंकको थियो। त्यसपछि २०७७ पुस ५ गते बजारमा ९७ अंकको गिरावट आएको थियो।

आइतवार भने बजारमा १४५ अंकको गिरावट आएसँगै ४० मिनेटका लागि कारोबार स्थगित भएको हो।

यसबिच कारोबार रकम करिब ७ अर्ब रुपैयाँ पुगेको छ। ६० भन्दा बढी कम्पनीको सेयर मूल्य नकारात्मक सर्किट लेभलमा झरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell