काठमाडौं : नेपाली महिला राष्ट्रिय फुटबल टोलीले बंगलादेशी टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ। सेप्टेम्बर ९ र १२ (भदौ २४ र २७ गते) मा दशरथ रंगशालामा खेल आयोजना हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
नेपालसँग मैत्रीपूर्ण खेल खेल्न बंगलादेशी टोली भोलि बिहान काठमाडौं आइपुग्नेछ।
नेपाली टोली एएफसी वुमन एसियन कप क्वालिफिकेसनको तयारीमा छ। उज्बेकिस्तानमा हुने खेलमा नेपालले समूह एफमा हङकङ र फिलिपिन्ससँग प्रतिस्पर्धा गर्नेछ।
खेलका लागि २०० र ५०० टिकट शुल्क निर्धारण गरिएको छ।
नेपाली टिम
अञ्जना राना मगर, एञ्जिला तोम्बाफो सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, बिमला बिक, बिमला चौधरी, दीपा राई, गीता राना, हीरा कुमारी भुजेल, इन्दिरा राई, मञ्जली तामाङ, निशा थोकर, प्रीति राई, पुजा राना, पुनम जर्घा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटे, सविता राना, सरु लिम्बु, श्रृजना सिंह
