PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

चेक बाउन्समा ठेकेदार समातिए



पहिलोपोस्ट

चेक बाउन्समा ठेकेदार समातिए

काठमाडौंः चेक बाउन्सको केसमा प्रहरीले एक व्यवसायीलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलील सिद्धि साइ कन्ट्रक्सका संचालक दिपेन्द्र शाहीलाई नियन्त्रणमा लिएको हो। उनलाई परिसरको टोलीले नयाँ बानेश्वरबाट नियन्त्रणमा लिएको परिसरका एसपी रमेश बस्नेतले जानकरी दिए।

'चेक बाउन्सको केसमा नियन्त्रणमा लिएका हौं। अनुसन्धान भइरहेको छ,' एसपी बस्नेतले भने। उनी बिरुद्ध १० करोड रुपैयाँ बराबरको चेक बाउन्सको प्रहरीमा उजुरीको परेको छ। पछिल्लो समय चेक बाउन्सको मुद्दा अदालतबाट मेलमिलाप गरेर पनि मिलाउन सकिने व्यवस्था गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell