PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

नख्खु कारागारमा नाइके र कैदीबिच सामान्य झडप



पहिलोपोस्ट

नख्खु कारागारमा नाइके र कैदीबिच सामान्य झडप

काठमाडौः नख्खु कारागारमा नाइके र कैदी बन्दी बिच सामान्य झडप भएको छ।

आज नाइकेहरूले खाना खाने होटेलमा मूल्य वृद्धि भएको विषयलाई लिएर सामान्य झडप भएको हो। अहिले कारागारको अवस्था सामान्य भएको कारागार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहालले बताए।

'सामान्य विवाद भएको देखियो। अहिले सबै सामान्य अवस्था छ। के भएर भएको बुझ्दै छौँ,' महानिर्देशक दाहालले भने।

कारागार व्यवस्थापन विभागले घटनाको सम्पूर्ण जानकारी लिएर प्रतिवेदन बुझाउन कारागारका जेलर चिरञ्जीवी पुरीलाई निर्देशन समेत दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell