PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

परीक्षण घटेसँगै संक्रमण पनि घट्यो : ७ हजार ९ सय ७१ जनाको परीक्षण गर्दा १ हजार ८९ जनामा संक्रमण



पहिलोपोस्ट

परीक्षण घटेसँगै संक्रमण पनि घट्यो : ७ हजार ९ सय ७१ जनाको परीक्षण गर्दा १ हजार ८९ जनामा संक्रमण

काठमाडौंः पछिल्लो २४ घण्टामा थप १ हजार ८९ जनामा संक्रमण देखिएको छ।

यो संक्रमण सङ्ख्या पछिल्लो केही हप्ताकै कम हो। तर, सङ्क्रमणसँगै परीक्षण गर्ने सङ्ख्या पनि घटेको छ। ७ हजार ९  सय ७१ जनाको परीक्षण गरिएको छ। जसमा पीसीआर विधिबाट ५ हजार १ सय ७० र एन्टिजेन विधिबाट २ हजार ८ सय १ रहेको छ। यसअघि १० हजार माथिको दैनिक परीक्षण हुँदै आएको थियो। कुनै बेला परीक्षण दर १८ हजारमाथि समेत नाघेको थियो।

सोही अवधिमा संक्रमण मुक्त हुनेको सङ्ख्या १ हजार ५ सय ३४ रहेको छ। अहिले देशभर कोरोना संक्रमितको सक्रिय सङ्ख्या ३१ हजार २ सय ४८ रहेको छ। २४ घण्टाको अवधिमा संक्रमण भएका २० जनाको मृत्यु भएको छ। यससँगै कोरोना सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या १० हजार ८ सय ३८ पुगेको छ।

सोही अवधिमा देशभर ५३ हजार १ सय ८२ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell