PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

अमेरिकाको डिभी पर्‍यो, तर प्लस टु पासको प्रमाणपत्र नहुँदा नक्कली बनाएर पेस गर्दा प्रहरी हिरासतमा



पहिलोपोस्ट

अमेरिकाको डिभी पर्‍यो, तर प्लस टु पासको प्रमाणपत्र नहुँदा नक्कली बनाएर पेस गर्दा प्रहरी हिरासतमा

काठमाडौं : नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ परेको छ। महानगरीय अपराध महाशाखाको टोलीले नक्कली प्रमाणपत्र बनाउने र बनाउन लगाउने दुवै समूहलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा ३५ वर्षीय सुमित रत्न गुभाजु, ३५ वर्षीय अमरबहादुर कटुवाल, ३० वर्षीय नरेश केसी, ३३ वर्षीय लक्ष्मण पाठक, ३३ वर्षीय दीप विष्ट र २३ वर्षीय सोहिली शाही रहेका छन्।

अमेरिकाको डिभी भिसा परेको तर प्लस टु पास नभएकाले नक्कली शैक्षिक प्रमाणपत्र बनाइ अमेरिकी दूतावासमा पेस गरेको सूचनाको आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो। अमेरिकी दूतावासको सहयोगमा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell