PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

मकवानपुरमा कांग्रेसको वडा अधिवेशन सम्पन्न, अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन



निशा गुरुङ

मकवानपुरमा कांग्रेसको वडा अधिवेशन सम्पन्न, अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन

हेटौँडा : नेपाली कांग्रेस मकवानपुरको आइतवार १ सय २ वटै वडामा अधिवेशन सम्पन्न भएको छ। वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिका लागि हुँदै गरेको अधिवेशनमा केही वडामा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएपनि केही वडामा कार्यसमिति र केही वडामा क्षेत्रीय प्रतिनिधि पदको लागि निर्वाचन सम्पन्न भएको हो।

जिल्लाको १० वटै स्थानीय तहमा निर्वाचन सम्पन्न भएको जिल्लाका कांग्रेस प्रवक्ता प्रदीप कोइरालाले जानकारी गराए। यो समाचार तयार पार्ने समयसम्म कोइरालाले जानकारी दिए अनुसार कतै मतगणना भइराखेकोले यसको पूर्ण जानकारी सोमवार दिँउसोसम्म मात्रै आउने प्रतिक्रिया  दिए।

आइतवार बेलुकासम्मको नतिजा हेर्दा जिल्लाको विभिन्न वडाहरुमा सर्वसम्मतले प्राय नेतृत्व चयन भएको देखिन्छ। हेटौँडा उपमहानगरपालिका अन्तर्गत केही वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएका छन्।

केही वडामा सर्वसम्मत हुन नसकेको पदमा निर्वाचन भएको निर्वाचन अधिकृतले जनाएका थिए। हेटौँडा वडा नम्बर १ मा सर्वसम्मत चयन असफल भएपछि निर्वाचन भएको छ।

त्यसैगरी, वडा नम्बर २ को वडा कार्यसमितिको सभापति सहित, क्षेत्रीय प्रतिनिधिमा निर्वाचन भएको छ। हेटौँडा-३ वडा सभापतिमा ढलक बहादुर थापा नेतृत्वको कार्यसमिति निर्विरोध निर्वाचित भइसकेको र क्षेत्रीय प्रतिनिधिमा निर्वाचन भइरहेको जनाइएको छ।

त्यसैगरी, हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को सभापतिमा हरिप्रसाद पौडेल चयन भएका छन्। वडा अधिवेशनले सर्वसम्मत रुपमा पौडेलसहित २५ जनाको कार्यसमिति चयन गरेको हो।

त्यस्तै, वडा समितिको उपसभापतिमा अर्जुन प्रसाद देवकोटा र इन्दिरा कोइराला, सचिवमा रमेश मुडवरी र विजय कार्की, सह-सचिवमा रामेश्वर पराजुली र रामप्रसाद प्रसाई चयन भएको मतदान अधिकृत प्रद्युम्न आचार्यले जानकारी दिएका छन्। अधिवेशनले ४ नम्बर वडा समितिमा पदाधिकारीसहित २५ जना र क्षेत्रीय प्रतिनिधिमा २९ जना सर्वसम्मत चयन गरेको छ। कोषाध्यक्ष भने निर्वाचित समितिले केही दिनमा मनोनित गर्ने जनाइएको छ।

४ नम्बर वडाबाट क्षेत्रीय प्रतिनिधिमा प्रदीप कोइराला, रमेश गिरि, हरिराज खरेल, रमेश कोइराला, शिवराम सुवेदी, रामहरी आचार्य, गणेशहरी उप्रेती, डा गणेश लामा, कविन सांगामी, शुक्र जोशी, विक्रम लामा, अञ्जना उपाध्याय, निर्मला महर्जनलगायतलाई चयन गरेको हो। नवनिर्वाचित सभापति पौडेलले नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा लोकतन्त्रका पक्षहरुहरुलाई नेतृत्व तहमा पुर्‍याउन अहिलेदेखि नै कांग्रेसका नेता, कार्यकर्ता र सुवेच्छुकहरु लागि पर्नु पर्ने बताए।

हेटौँडा ५ मा यम श्रेष्ठको नेतृत्वमा कार्यसमिति निर्विरोध चयन भएको छ। वडा नम्बर ६ को सभापतिमा रामहरी तिमल्सिना चयन भएका छन्। वडा अधिवेशनले तिमल्सिनालाई सर्वसम्मत रुपमा चयन गरेको हो।

त्यसैगरी, वडा समितिको उपाध्यक्षमा केशव धिताल र ठाकुरप्रसाद चौँलागाई, सचिवमा कृष्ण दुलाल र राजकुमार फुँयाल, सहसचिवमा रामजी घिमिरे र विक्रम दंगाल चयन भएका छन्। नवनिर्वाचित कार्यसमितिले केही दिनमा सदस्यहरुबाट कोषाध्यक्ष नियुक्त गर्ने जनाइएको छ।

त्यस्तै, सदस्यहरुमा दिल्ली प्रसाद चौँलागाई, डोरबहादुर अधिकारी, नवराज चौँलागाई, होमबहादुर राई, भरत देवकोटा, सुर्यप्रसाद दुलाल, नुरप्रसाद तिमल्सिना, सुपेन्द्र खनाल, अनुमना सापकोटा, पवित्रा राई, कमल सुवेदीलगायत रहेका छन्।

अधिवेशनले क्षेत्रीय प्रतिनिधितर्फ अर्नुनप्रसाद चौँलागाई, होमनाथ गौतम, राजकुमार वास्तोला, गोपाल प्रसाद दुलाल, विष्णु दाहाल, सुमित्रा न्यौपाने, क्षेत्रमाया भण्डारी, शोभा खतिवडा, गायत्री घिमिरे, कृष्णप्रसाद चौँलागाई, सुवास न्यौपाने, केशव प्रसाद घिताल, रोशन घिमिरेलगायतलाई चुनेको मतदान अधिकृत दीपक देवकोटाले जानकारी दिए।

हेटौँडा-७ को सभापतिमा दामोदर गौतम सर्वसम्मत चयन भएका छन्। हेटौँडा-८ मा वडा तथा क्षेत्रीय प्रतिनिधिको सम्पूर्ण पदमा सहमति नभएपछि निर्वाचनको तयारी शुरु गरिएको सहायक मतदान अधिकृत मन्दिरा फुयालले जानकारी दिएकी हुन्।

यता, हेटौँडा वडा नम्बर ९ मा पनि कार्यसमितिको र क्षेत्रीय प्रतिनिधि पदमा निर्वाचन भएको छ र नजिता आउन समय लाग्ने बताईएको छ। त्यसैगरी, हेटौँडा-१० को वडा सभापतिमा युवराज भोम्जन सर्वसम्मत चयन भएको र क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत चयन भइसकेका छन्।

त्यसैगरी, हेटौँडा-१२ को वडा सभापतिमा सुदर्शन लामा सर्वसम्मत चयन भएको र क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत चयन भइसकेका छन्। हेटौँडा-१३ को वडा सभापतिमा आइतमान सिंह लामा सर्वसम्मत चयन भइसकेको र क्षेत्रीय प्रतिनिधि पदमा सर्वसम्मत गराउने प्रयास भइरहेको सहायक मतदान अधिकृत दिल कुमार लामाले बताए।

हेटौँडा-१४ को वडा सभापतिमा मनोज कुमार लामा सर्वसम्मत चयन भएको र क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत चयन भएका छन्। हेटौँडा-१५ को वडा सभापतिमा नवराज घलान सर्वसम्मत चयन भएको र क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत चयन भएका छन्।

हेटौँडा-१६ को सभापतिमा सोमनाथ दङ्गल, हेटौँडा-१७ को सभापतिमा नवराज न्यौपाने, हेटौँडा-१८ को सभापतिमा राजेन्द्र राज बानियाँ सहित कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएको जनाइएको छ।

त्यसैगरी, हेटौँडा-१९ वडा सभापतिमा विष्णु लाल स्याङ्तान सर्वसम्मत चयन भएको र क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत चयन भइसकेका छन्।

त्यसैगरी, थाहा नगरको सबै वडामा निर्वाचन नभएको र थाहा नगर वडा नम्बर १, ३, ४, ६, ५ र ८ मा २ बजेनै सर्वसम्मत पदाधिकारी चयन भएको बताइएको छ। मकवानपुरको अन्य स्थानीय तह अन्तर्गतको वडाको नतिजा आउने क्रममा रहेको कांग्रेस मकवानपुर प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell