PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

झापामा दाइको हत्या गरेको अभियोगमा भाइ समातिए



पहिलोपोस्ट

झापामा दाइको हत्या गरेको अभियोगमा भाइ समातिए

काठमाडौंः प्रहरीले हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाको टोलीले हत्या अभियोगमा झापाको कचनकवल गाउँपालिका ३ बस्ने ३७ वर्षीय रतन राजवंशीलाई नियन्त्रणमा लिएको हो। उनले आफ्नै दाइ ५० वर्षीय भात्रु राजवंशीको हत्या गरेको खुलेपछि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

भदौ २० गते साढे ७ बजेतिर भात्रु बिर्तामोड नगरपालिका ४ स्थित डेरामा हत्या गरिएको अवस्थामा फेला परेका थिए। मृतका छोराले दिएको बयानको आधारमा आफ्नै काका रतनले मार्तोल (फलामको ‌औजार )ले हानेर फरार भएको जानकारी दिएका थिए।

प्रहरीले राजंबशी विरुद्ध जिल्ला अदालतबाट कर्तव्य ज्यान केसमा म्याद लिएर थप अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell