PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

संखुवासभामा डरलाग्दो घटना : एकै ठाउँमा ६ जना मृत भेटिएको प्रहरीको दावी, धारिलो हतियार प्रहार भएको प्रारम्भिक अनुमान



सविन ढकाल

संखुवासभामा डरलाग्दो घटना : एकै ठाउँमा ६ जना मृत भेटिएको प्रहरीको दावी, धारिलो हतियार प्रहार भएको प्रारम्भिक अनुमान
प्रतीकात्मक फाइल फोटो।

काठमाडौं : संखुवासभाको मादी नगरपालिका १ मा ६ जना मानिस मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मादी १  उम्लिंग खोलगाउँमा तेजबहादुर कार्कीको घर अगाडि मानिसहरु मृत अवस्थामा भेटिएका हुन्। नगरपालिकाका मेयर विदुरकुमार लिङ्थेपले भने चार/पाँच जनाको मृत्यु भएको पुष्टि गरे। 

धारिलो हतियार प्रहार गरेर उनीहरुको हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको संखुवासभा जिल्ला प्रहरी कार्यालयका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए। 

'कुनै खोल्सातिर कुनै घरतिर गरेर ६ जनाको शव भेटिएको खबर आएको छ,' सुवेदीले भने, 'थप टोली जाँदैछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell