PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

लोक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गर्‍यो गायिकाहरुका लागि दर कार्यक्रम



पहिलोपोस्ट

लोक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गर्‍यो गायिकाहरुका लागि दर कार्यक्रम

काठमाडौं : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले तीजको अवसरमा दर खुवाउने कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा महिला कलाकारहरूले नाचगानका साथ रमाइलो गर्दै प्री -तिज कार्यक्रम मनाए।

आइतवार प्रतिष्ठानकै प्राङ्गणमा भएको 'संस्थागत चेलिबेटी भेटघाट, शुभकामना आदानप्रदान तथा दर खुवाउने' कार्यक्रममा शर्मिला गुरुङलाई 'हरितालिका तीज मौलिक सम्मान २०७८' बाट सम्मान गरिएको थियो।

प्रतिष्ठानले बर्षपिच्छे मौलिक तीज गायनमा योगदान दिने गायिकालाई सम्मान गर्ने निर्णय गरेको छ।  दर कार्यक्रममा गायिका हरिदेवी कोइराला, शर्मिला गुरुङ, बिमा कुमारी दुरा, देवि घर्ती मगर, प्रीती आले, शिर्जु अधिकारी लगायतको उपस्थिति थियो।

तीज कार्यक्रममार्फत आफूले धेरै दिदिबहिनी पाएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताएका थिए। यस्तै,  प्रतिष्ठानले आयोजना गरेको तीज बिशेष कार्यक्रमका उपस्थित महिला कलाकारहरूले प्रतिष्ठानलाई माइतीको रुपमा पाएको भन्दै खुसी प्रकट गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell