PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

पान्ज्शिरको तालिवान प्रतिरोधी समूहका प्रवक्ताको मृत्यु



पहिलोपोस्ट

पान्ज्शिरको तालिवान प्रतिरोधी समूहका प्रवक्ताको मृत्यु

तालिवान विरुद्ध पान्ज्शिरमा लडिरहेका नेशनल रेसिस्टेन्स फोर्स (एनआरएफ)का प्रवक्ता फाहिम दाश्तीको तालिवान विरुद्धको लडाइका क्रममा मृत्यु भएको छ।

अफगानिस्तानका पूर्व परराष्ट्र मन्त्री अब्दुल्लाह अब्दुलाहका भतिजसमेत रहेका फाहिमको तालिवानसँगको लडाइका क्रममा मृत्यु भएको अलजजिराले जनाएको छ। अब्दुल्लाह अहिले काबुलमा रहेर तालिवानसँग समावेशी सरकारको निर्माणमा वार्तामा खटिएका छन्। उनी यसअघि पान्ज्शिरका लायनको रुपमा चिनिने अहमद शाह मसूदका सल्लाहकार थिए।

अहिले अब्दुल्लाहका भतिजा फाहिम अहमद शाह मसूदका छोराको नेतृत्वमा चलिरहेको पान्ज्शिर युद्धका प्रवक्ता थिए। फाहिम अफगानिस्तानका पत्रकारसमेत हुन्। उनी अहमद शाह मसूदको हत्या हुने बेला उनीसँगै थिए। उनी अफगानिस्तानमा आफ्नै पत्रिका सञ्चाल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell