PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

एउटै कक्षा कोठा, महिला र पुरुष विद्यार्थीबिच पर्दा : तालिवान शासनमा यसरी हुँदैछ पढाई



पहिलोपोस्ट

एउटै कक्षा कोठा, महिला र पुरुष विद्यार्थीबिच पर्दा : तालिवान शासनमा यसरी हुँदैछ पढाई
Photo : Amaz News

अफगानिस्तानका विश्वविद्यालयमा नियमित पढाई सुरु भएको अमाज न्यूजले जनाएको छ। तालिवानले सत्ता कब्जा गरेपछि विद्यालयदेखि विश्वविद्यालयसम्मका गतिविधि बन्द थियो। काबुल लगायत केही शहरमा पठनपाठन सुरु भए पनि सबै क्षेत्रमा शैक्षिक संस्था खुल्न भने सकेको छैन।

तालिवानमा महिलाहरुले कस्तो अधिकार पाउँछन् भनेर थाहा नहुँदा महिला विद्यार्थीहरु पठनपाठनबाट बञ्चित हुनसक्ने अनुमान गरिएको थियो। तर, तालिवानले भने सरकारमै महिला सहभागिता गराउने भन्दै पठनपाठनमा अवरोध नहुने बताएको छ। तर, महिला अधिकारकर्मीहरुले भने तालिवानलाई विश्वास गर्ने वातावरण अझै नबनेको बताउँदै आएका छन्।

यसबिच, विश्वविद्यालयमा कक्षा सुरु हुँदा महिला विद्यार्थीहरु पनि देखिएका छन्। हिजाब लगाएर महिलाहरु विद्यार्थी कक्षा कोठामा देखिँदा पुरुष विद्यार्थीहरुले पनि पस्तुन लगाएको देखिन्थ्यो। एउटै कक्षा कोठामा भए पनि महिला र पुरुषलाई अलगअलग राखिएको छ। पुरुष र महिला विद्यार्थीले एकअर्कालाई नदेख्ने गरी कक्षा कोठाको बिचमा पर्दा राखिएको छ।

तालिवानले सरकार गठनपछि लागू हुने कानुनले देश कसरी अघि बढ्छ भन्ने कुराको निर्क्यौल हुने बताउँदै आएको छ। इस्लामिक कानुन अन्तर्गत महिलाले कस्तो अधिकार पाउने भन्ने विषय पनि सरकार गठन पछि थाहा हुने बताइएको छ। यस बिच सरकारमा सहभागिता र स्वतन्त्रताको माग गर्दै काबुलमा महिला अधिकारकर्मीहरुले प्रदर्शन जारी राखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell